Logo

अर्थ

एकापसमा गाभिँदै प्रभु लाईफ र महालक्ष्मी लाईफ इन्स्योरेनस



काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स एकापसमा गाभिने भएका छन् । त्यसका लागि आज (बिहीबार) ठमेलस्थित होटेल उलफ्टमा दुवै कम्पनीका अध्यक्षबीच हस्ताक्षर भएको छ ।

दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा रहने छ भने मर्जरपछि बन्ने बीमकको नाम ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ रहने छ ।

यस्तै मर्जरपछि सञ्चालक समितिमा प्रभु लाईफका अध्यक्ष सुभाष आमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मीका रमेशकुमार भट्टराई रहने सम्झौतापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १८:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।