Logo

आजको तस्बिर

‘अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’ (फोटोफिचर)



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेज अगाडि अखिल क्रान्तिकारीले एमाले नेता एम अधिकारी नै गभर्नर भन्दै पदबाट बर्खास्त गर्न माग गरेका हुन् । 

‘गभर्नर भएर राजनीति गर्न पाइँदैन’, ‘अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’ लगायतका नारासहितको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १९:१६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।