Logo

अनलाइनपाना खोज

मुक्तिनाथ क्यापिटलको १००% हकप्रदमा आवेदन खुला, ५ गतेसम्म भर्न पाइने



काठमाण्डौ । मुक्तिनाथ क्यापिटलले आफ्ना सेयरधनीहरुलाई आज साउन १ गतेबाट सतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

मुक्तिनाथ क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई १ः१ अनुपात अर्थात १ सेयरबराबर नयाँ १ सेयर बिक्री खुला गरिएको जानकारी गराएको हो ।

कम्पनीले १०० अंकित दरका कुल २० लाख २५ हजार कित्ता हकप्रद बिक्री खुला गरेको छ । यो हकप्रदमा भदौ ५ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले हकप्रद खरिदका लागि मुक्तिनाथ क्यापिटलको केन्द्रीय कार्यालयमा पुगेर खरिद आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार  ३ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।