Logo

अनलाइनपाना खोज

यी हुन् सरकारले थप आयातमा प्रतिबन्ध लागाएका वस्तु



काठमाण्डौ । सरकारले बिलासिता वस्तुको आयातमा लगाएको प्रतिबन्धको अवधि थप ४४ दिन लम्ब्याएको छ ।

मन्त्रिपरिषद् बैठकको शुक्रबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बिलासिता वस्तुको आयातमा लगाइएको प्रतिबन्धको समयावधि आउँदो भदौ १४ गतेसम्म कायम गरेको हो । यसअघि सरकारले असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अब कुरकुरे, कुरमुरे, लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सूर्तीजन्य पदार्थ, हीरा र ३०० अमेरिकी डलरभन्दा बढीको स्मार्ट फोन ल्याउन पाइने छैन ।

त्यस्तै ३२ इन्चभन्दा बढीको रंगिन टीभी, जिप, कार र भ्यान, १५० सीसीभन्दा बढीका सबैखाले मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राखिएको छ ।

प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार  ४ : ०३ बजे