काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समिति सीसीटीभी फुटेज अन्वेषणमा केन्द्रित भएको छ । अहिलेसम्म समितिले अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्कर तथा मन्त्रालयका आइटी विज्ञसँग सोधपुछ गरिसकेको छ ।
समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने भएको छ। त्यसपछि मात्र फुटेजका विषयमा निवर्तमान अर्थमन्त्री शर्मासँग सोधपुछ गरिने उनले बताए ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित समितिले गत मंगलबारदेखि काम थालेको हो । हालसम्म शर्माविरुद्धको आरोप पुष्टि हुने कुनै प्रमाण समितिले फेला पार्न नसकेको बताइएको छ ।





















प्रतिक्रिया