Logo

स्वास्थ्य

बिहान उठ्नासाथ कागती पानी खानुका पाँच फाइदा



काठमाडौं । बिहान उठ्नासाथ चिया खाने नेपालीको बानी छ । तर, चियाको साटो कागती पानी खानुका थुप्रै फाइदा छन् । बिहान खाली पेटमा मनतातो पानी पिउनेहरुको जमात बढ्दै गएको छ । तर, मनतातो पानीभन्दा सर्वोत्तम हुन्छ तातो कागती पानी ।
यस्ता छन् तातो पानीमा कागती मिसाएर बिहानै खानुका पाँच फाइदाहरु

१) बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिएमा पेट राम्ररी सफा हुन्छ । कब्जियत हुँदैन ।
२) बिहान खाली पेटमा कागती पानी पिएमा मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।

३) पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ । कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ ।

४) तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाइ हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

५) मुख र सासको गन्ध हट्छ । यसमा रहेको भिटामिन सिले तपाईंलाई धेरै फाइदा पुग्छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार २०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।