Logo

कोशी प्रदेश

जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ



बेलबारी नगरपालिका-४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-३ मैनावारी टोल बस्ने ४० वर्षीय रित गुरुङ, सोही नगरपालिका-११ लक्ष्मीमार्ग बस्ने ५६ वर्षीय सुजय गौतम, ५२ वर्षीय चन्द्र लिम्बु, झापा दमक नगरपालिका-५ मन्टेश्वरी टोल बस्ने ३२ वर्षीय धमेन्द्र राई, सुनसरी ईटहरी उपमहानगरपालिका-१ हलगडा बस्ने ४७ वर्षीय प्रदिप तामाङ र धनुषा चारनाथ गणेशमान नगरपालिका-८ पोर्ताहा बस्ने ५० वर्षीय पर्शुराम भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुबाट नगद २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, १ सेट कौडा, ३ बुक तास, को.२ च २८१९ नम्बरको गाडी, अनटेष्ट लेखिएको मोटरसाइकल र को.२३ प १३८७ नम्बरको स्कुटर बरामद गरेको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  ५ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।