Logo

आजको तस्बिर

काठमाडौंका सडकमा फेरि फोहोरका डंगुर (फोटोफिचर)



काठमाडौं । देशको राजधानी काठमाडौंका सडक छेउछाउमा फेरि फोहोरको डंगुर लागेको छ । झण्डै डेढ हप्तायता फुटपाथमा थुप्रिएका फोहोर उठ्न नसक्दा सहर कुरुप देखिनुका साथै फुट्पाथमा यात्रा गर्न कठिन हुने अवस्था छ ।

काठमाडाैं महानगरपालिकाले अत्यधिक दुर्गन्धित भएका ठाउँका फाेहाेरमा केमिकल छर्केर दुर्गन्ध हटाउने प्रयास गरे पनि फाेहाेरले आफ्नाे धर्म बिर्सेकाे छैन । तसर्थ पैदल यात्रा गर्दा नाक थुनेर हिँड्नुको विकल्प छैन ।

महागनरपालिकाले बञ्चरेडाँडा जाने बाटो मर्मत भइरहेको भन्दै एक हप्ताका लागि फोहोर नउठ्ने बताएको भएपनि दुई हप्ता हुन लाग्दासमेत फोहोर उठ्न सकेको छैन । केहीदिन अघि फोहोर उठाउन थालेपनि बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेका थिए ।

प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार  १२ : १६ बजे