वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आज हामीले लोकसेवा प्रश्नोत्तरमा लोकसेवाका टिप्स प्रस्तुत गरेका छौँ ।
१.तुलनात्मक रूपमा गाह्रो मानिए पनि लोकसेवा पास गर्न असम्भव छैन । लोकसेवामा सफल हुन सबैभन्दा पहिले आत्मविश्वास आवश्यक हुन्छ ।
२.लोकसेवामा सफल हुने सपना पूरा गर्न पठनपाठनको बानी सुधार्नुपर्छ ।
३.हजारौँको बीचबाट सफल हुन विद्यालय तथा विश्वविद्यालयमा केही सयको संख्यामा प्रतिस्पर्धा गर्ने गरी पढेको अध्ययनले पुग्दैन ।
४.उत्तर दिँदा उदाहरणसहित भन्न खोजेको विषय प्रस्ट पार्ने । लम्बेतान भाषाले भन्दा सानो एउटा उदाहरणले भन्न खोजेको विषय सजिलोसँग प्रस्ट्याउँछ ।
५.प्रतिस्पर्धीको संख्या, परीक्षाको समय, सुनिश्चित भविष्य आदि जस्ता विषय ख्याल गर्नुस् किनकि यसले तपाईंलाई दबाब र ऊर्जा दुवै दिन्छ ।
६.सर्र पढ्ने होइन, पढेका विषयमाथि ध्यान दिनुस् । मैले कति पढेँ भन्दा पनि कति बुझेँ भन्ने महत्वपूर्ण हुन्छ ।
७.अध्ययनसँगै लेखनी, भाषाशैली, प्रविधि, अन्तर्वार्ता जस्ता विषयमा पनि पर्याप्त तयारी गर्नुपर्छ ।
प्रतिक्रिया