Logo

जोखिम बढाउँदै पार्टी प्रवेश : दलहरुबाटै खेलाँची



राजनीतिक दलहरू कार्यकर्ता परिचालन गरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लाग्नुपथ्र्यो। तर, अधिकांश ठूला दलले महामारीका बेला पनि जोखिम बढाउने गरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम, सभा गरिरहेका छन्। यस्ता कार्यक्रममा सहभागी प्रायःले न मास्क लगाउँछन् न त दूरी कायम गर्छन्।

कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले महामारीकै बीच नेकपा र राप्रापाका १ हजार ५ सयभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको स्वीकार गरे। पार्टीको आसन्न महाधिवेशनका लागि विभिन्न स्थानीय तहमा कार्यक्रम गर्नु परेको कोइरालाको भनाइ छ।

नेकपा सुनसरी अध्यक्ष पप्पु मण्डलले कांग्रेस र जनता समाजवादीका गरी ७ सय जना आफ्नो पार्टीमा प्रवेश गरेको सुनाए। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई कार्यक्रम गरिएको जिल्ला सचिव रमेश बस्नेतको भनाइ छ।

नेपाल चिकित्सक संघ धरानका अध्यक्ष डा. राजु रिजाल दूरी कायम नगरी बढाइएको भीडभाडका कारण कोरोना संक्रमितको संख्या वृद्धि भएको बताउँछन्। सरकारले भीडभाड नियन्त्रण गर्न नसकेका कारण स्थिति भयावह बनेको उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : १५ बजे