Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–७०)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।

१. प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद् (प्रतिनिधि सभा) पहिलोपल्ट कहिले विघटन गरिएको हो ?

उत्तर– वि.सं. २०७७ पुस ५ (दोस्रो पल्ट ः वि.सं. २०७८ जेठ ८)

२. सर्वोच्च अदालतद्वारा पहिलो पटक प्रतिनिधि सभा विघटन बदर घोषणा कहिले भएको हो ?

उत्तर– वि.सं. २०७७ फागुन ११

पहिलो पटक विघटित सङ्घीय संसद् (प्रतिनिधि सभा)ले वैकल्पिक बहुमतको सरकार दिन नसकेकाले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा नेकपा (एमाले) संसदीय दलको नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका ।

३. दोस्रो पल्ट विघटित सङ्घीय संसद् (प्रतिनिधि सभा) सर्वोच्च अदालतले कहिले बदर गरेको हो ?

उत्तर– २०७८ असार २८

४. शेरबहादुर देउवा पाँचौँ पटक कहिले प्रधानमन्त्री नियुक्त भएका हुन् ?

उत्तर– वि.सं. २०७८ असार २९

५. नेपालको पहिलो पर्यटन गाउँ घोषित ठाउँ कुन हो ?

उत्तर– स्याङ्जाको सिरुबारी

६. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम (हाल राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण कार्यक्रम)को सुरुवात कहिलेदेखि भएको हो ?

उत्तर– आ.व. २०६६÷६७ (यस कार्यक्रमको दायराभित्र ३७ जिल्ला रहेका ।)

७. वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यका साथ २०७८ साउन १ देखि कति माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ ?

उत्तर– ४० माइक्रोन

८. समावेशीकरण राष्ट्रिय आयोगको गठन कहिले गरिएको हो ?

उत्तर– वि.सं. २०६५ पुस २९

९. कुन पर्वलाई विस्का वा विस्पती पर्व पनि भनिन्छ ?

उत्तर– विसु पर्व

१०. प्रसिद्ध धार्मिकस्थल बडीकेदार कहाँ रहेको छ ?

उत्तर– डोटी

११. मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?

उत्तर– छाउनी, काठमाडौँ

१२. नेपाली वैज्ञानिकहरूको सूची तयार कुन निकायद्वारा गरिएको हो ?

उत्तर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)

नास्टद्वारा पहिलो पटक विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यावारिधि गरेका वैज्ञानिकहरूको सूची तयार पारिएको । हाल यस सूचीमा ८७३ जना नेपाली वैज्ञानिकको नाम समेटिएको । यसलाई ‘हु इज हु’ नामकरण गरिएको ।

विषयगत विज्ञता एवं उनीहरूले गरेका कामको जानकारी दिने उद्देश्यले यो सूची प्रकाशन गरिएको ।

१३. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार आफ्नो उत्पादनको कति प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई ‘निर्यातमूलक उद्योग’ भनिन्छ ?

उत्तर– ४० प्रतिशत (ऊर्जामूलक उद्योगबाहेक)

१४. सरकारले किसान वर्गीकरण परिचयपत्र वितरणका लागि पहिलो चरणमा छनोट गरेका (सात प्रदेशका एक÷एक) जिल्ला कुन कुन हुन् ?

उत्तर– झापा (प्रदेश–१), पर्सा (प्रदेश–२), काभ्रे (बागमती), कास्की (गण्डकी), कपिलवस्तु (प्रदेश–५), सुर्खेत (कर्णाली) र कञ्चनपुर (सुदूरपश्चिम)

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मानी एक घरबाट एक जनालाई परिचयपत्र प्रदान गरिने ।

किसान वर्गीकरण परिचयपत्र वितरण २०७६ साउनदेखि गरिएको ।

१५. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकार समेतलाई के भनिन्छ ?

उत्तर– राज्यशक्ति

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ५ : ३० बजे