हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघन भई रहेको देखिएको भन्दै विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् ।
त्यस्तै २०० माथि सक्रिय संक्रमित रहेका जिल्लाहरू २६ वटा छन् । जसमा अघिल्लो हप्ताको तुलनामा धेरै जिल्ला थपिएका छन्।
संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।





















प्रतिक्रिया