Logo

धर्म / संस्कृति

सर्वोच्चको फैसलाको संसद्बाटै विरोध गर्नुपर्छ : एमाले नेता बादल



एमाले नेता रामबहादुर थापा ‘बादल’ले सर्वोच्चको फैसलाविरुद्ध संसद्बाटै विरोध गर्नुपर्ने बताएका छन् । पुष्पलाल स्मृति समारोहलाई सम्बोधन गर्दै बादलले भने- ‘सर्वोच्चले केही दिनअगाडि गरेको फैसलाले लोकतन्त्रलाई बलियो पारेन । योविरुद्ध संसद्बाटै मोर्चाबन्दी हुनुपर्ने बेला आएको छ । यहीँबाट विरोध गर्नुपर्ने बेला भएको छ ।’

यस्तै बादलले कम्युनिष्ट सिद्धान्तबाट विचलित भएकाहरु पार्टीभन्दा बाहिर रहेको बताए । वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै बादलले भने- ‘केही सिद्धान्तबाट विचलित साथीहरु पार्टीभन्दा बाहिर छन् । यसले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने काम गर्छ ।’

पूर्वमाओवादी पृष्ठभूमि रहेको नेता बादल ०७७ फागुन २३ को फैसलापछि एमालेतिर लागेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १५:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।