काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको नार्जो ५० ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लिक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एमएएच पावरको ब्याट्री र एआई–सक्षम क्यामेरा यसमा समावेश छ ।
रियलमी नेपालका हेड मुनिष गिरीका अनुसार यसमा ६।६ इन्चको एफएचडी डिस्प्ले र ५० एमपी क्यामेरा छ । यो ८।१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोन हो, जसको तौल १९२।५ ग्राम रहेको छ । ५० एमपी प्राइमरी क्यामेराका अलवा सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको बीएण्ड डब्लू लेन्स यसमा समावेश छ ।
यस स्मार्टफोनमा सेल्फीका लागि अगाडि ८ एमपी एचडीआर क्यामेराछ । नार्जो ५० ए प्राइम शक्तिशाली युनिसोक टी ६१२ द्वारा संचालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो । यो एक अक्टा–कोर १२ एनएम प्रोसेसर हो, जसले २ गिगाहर्जसम्मको पावर र कोर्टेक्स ए ७५ संरचना समर्थन गर्दछ ।
२१ हजार ७९९ रुपैयाँ मूल्य रहेको रियलमी नार्जो ५० ए प्राइम फ्ल्यास ब्लू कलरमा उपलब्ध छ । ४ प्लस १२८ जीबी भेरियन्टमा साउन २३ गतेबाट बजारमा आएको हो ।
प्रतिक्रिया