Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–७५)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ ।

आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१) मानव अधिकार दिवस कहिले मनाइन्छ ?

– डिसेम्बर १०

२) गृह मन्त्रालयको स्थापना कहिले भएको थियो ?

– वि.सं. २००८

३) देउवा पाँचौं पटक प्रधानमन्त्रीमा कहिले नियुक्त र सपथ खाएका थिए ?
– असार २९

४) विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?
– एसिया

५) सिन्धुघाँटीको सभ्यताः ३३०० ईसापूर्वबाट

६) उष्ण मनसुनी हावापानी कति मिटर उचाई सम्म रहेको छ ?
– १२०० मिटरसम्मको उचाईमा

७) अष्ट्रेलियाको राजधानी कुन हो?

– क्यानबेरा

८) बिप्पा सम्झौता कुन प्रधानमन्त्रीको पालमा भएकोः

–बाबुराम भट्टराई

९) म्याग्नाकार्टाले दिएका अधिकार कुन हो ?

क) मानव अधिकार

ख) स्वतन्त्रताको

ग) माथिका सबै

१०) इयुको प्रधान कार्यालय कहाँ रहेको छ ?

– बेल्जियम ब्रसेल्स

११) हालसम्मकै ठूलो भूकम्पः चिली, जापानलगायत मितिसहित अप्सन दिएको ।

१२) सबैभन्दा बढी जिल्ला भएको प्रदेश कुन हो ?

– प्रदेश १

१३) गुरुत्वाकर्षण पत्ता लगाउने बैज्ञानिकको थिए ?

– न्यूटन

१४) राष्टिय सुरक्षा परिषद्को सदस्य सचिवको हुने व्यवस्था छ ?

– रक्षा सचिव

१५) प्रधानमन्त्री कार्यालय अगाडि अनुसन्धान विभाग के मातहत थियो ?

– गृह मन्त्रालय

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ५ : ३० बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।