Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–७७)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।

१. वि.सं. २०७९ असार ४ मा भएको मिस नेपाल २०२२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

उत्तर – प्रियङ्कारानी जोशी

– यस्तै मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ घोषित भएका ।

– द हिडन ट्रेजरद्वारा आयोजित सो प्रतियोगिताका लागि २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

२. एसईई नेसनल २०२२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

उत्तर – दृष्टि बस्नेत

– एसईईका विद्यार्थीबीच एभी इन्टरटेन्मेन्टको सहकार्यमा युहान इन्टरनेसनलद्वारा आयोजित प्रतिभा प्रदर्शन र सौन्दर्य प्रतियोगितामा दृष्टिले सो उपाधि जितेकी ।

– प्रतियोगितामा प्रमिशा चौलागाईं फस्ट, लिपी दाहाल सेकेन्ड, मञ्जिता कुँवर थर्ड र सोनिका सुवेदी फोर्थ रनर्स अप भएका ।

३. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

उत्तर – सुमन सत्याल

४. इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

उत्तर – ब्राउजर

५. जैविक विविधतासम्बन्धी महासन्धि कहिले पारित भएको हो ?

उत्तर – सन् १९९२

६. नासाद्वारा पहिलो पटक मङ्गल ग्रहमा रकेट अवतरण कहिले भएको हो ?

उत्तर – सन् २०१८ नोभेम्बर २६

– इन्साइड ल्यान्डर नामक सो रकेट सन् २०१८ मे ५ मा प्रक्षेपण गरिएको थियो ।

– ‘इन्साइड’ परियोजनाका प्रमुख टम हफम्यान हुन् ।

७. लोकसेवा आयोगको प्रतीक चिह्न (लोगो) कहिलेदेखि प्रचलनमा आएको हो ?

उत्तर – वि.सं. २०७३ असार १

– यस प्रतीक चिह्नका डिजाइनर माधव रेग्मी हुन् ।

– प्रतीक चिह्नमा ‘योग्यता, निष्पक्षता, स्वच्छता’ नारा समावेश गरिएको ।

८. सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

उत्तर – वि.सं. २०७९ असार ६

– नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरूप उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको ।

– जयपृथ्वीबहादुर सिंह बझाङी राजा हुन् । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि लेखेका थिए । १९३४ भदौ ५ मा बझाङमा जन्मेका सिंहको वि.सं. १९९७ असोज १ गते निधन भएको थियो ।

– जयपृथ्वीबहादुर सिंहसँगै नेपालका राष्ट्रिय विभूतिको सङ्ख्या १८ पुगेको ।

९. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग–यो ?

उत्तर – मोहन सिटौला (पुरस्कार राशि ः रु. दुई लाख)

– (नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (राशि ः रु. एक लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको ।)

१०. बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

उत्तर – वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)

११. उत्तम शान्ति पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?

उत्तर – सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)

– (उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको ।)

१२. २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

उत्तर – हेटौँडास्थित गुम्बाडाँडा

– बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलद्वारा सो मूर्ति अनावरण (२०७९ वैशाखमा) गरिएको ।

– ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले बुद्धमूर्ति कुँध्नुभएको ।

– २०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका ।

– नेपाल र अन्य पाँच देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको ।

– गुम्बाडाँडा हेटौँडा बजारबाट करिब १७ किलोमिटर पूर्व दक्षिणमा पर्ने ।

– पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बन्दै गएको ।

१३. राष्ट्रिय कलाश्री सम्मान – २०७८ कसलाई प्रदान गरियो ?

उत्तर – साहित्यसाधक परशु प्रधान

– राष्ट्रिय कलाश्री पुरस्कार शब्दसिल्पी मञ्जु काँचुलीलाई प्रदान गरिएको ।

– ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको ।

– बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूर्तिकार ओम के.सी., पद्मनेत्र राष्ट्रिय कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको ।

१४. मानव विकासको क्रममा सबैभन्दा छोटो अवधि कुन हो ?

उत्तर – नवजात अवस्था

१५. मानव विकासको कुन अवस्थालाई आँधी र तुफानको अवस्था भनिन्छ ?

उत्तर – किशोरावस्था

१६. नेपालमा केवरत जातिको बसोवास कहाँ रहेको छ ?

उत्तर – मोरङ

– यस जातिको आफ्नै केवरत मातृभाषा रहेको ।

– यो जातिमा भूमि, रुख, पानी, सर्प, बालीनालीको पूजा गर्ने परिपाटी रहेको । यस जातिमा झारफुक, तन्त्रमन्त्र, लागलगानमा विश्वास गर्ने प्रचलन रहेको ।

– विवाह तथा पितृकार्यमा आफ्नै जातिको बबाजीको उपस्थिति अनिवार्य मानिने ।

– झैझगडा, चोरीडकैतीजस्ता अपराध नियन्त्रणका लाग ‘सोलोस बाइस’ नामक मुखिया संस्थाले न्याय सम्पादन गर्ने । जातीय सरदार र देमानहरू पनि रहने प्रावधान रहेको ।

– नेपालमा केवरत जातिको जनसङ्ख्या करिब १५ हजार रहेको ।

– आधिकारिक रूपमा यस जातिको पहिचान नभए तापनि केवरत छुट्टै जाति रहेको र जातीय पहिचानका लागि आवाज उठाउँदै आएको ।

१७. ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?

उत्तर – जुन २३

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ५ : ३० बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।