Logo

प्रमुख समाचार

नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन 



सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । 

राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्‍याएका छन् । 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १८:१५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।