बिहानको १० बजेको थियो । चर्को घाममा जामको पीर रिकेश महर्जनलाई पनि थियो । आफ्नो आफन्तलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल पुयार्उने तनाव पनि ब्यग्र नै थियो । व्यस्त सडकमा जाम खुल्यो । जाम खुलेपछि सबै यातायात अगाडि बढ्यो । रिकेश पनि आफ्नो बा ९८ प ४७२९ साधनमा अगाडि बढे ।
त्यहीबेला बालुवाटारमा खटिएका ट्राफिक प्रहरी प्रकाश श्रेष्ठले रिकेशको बाइकको चाबी खोसे । योबेला रिकेश अचम्ममा परे किनकि उनलाई थाहा थिएन कि उनको बाइकको चाबी किन खोसियो भन्ने कुरा ।
पछाडि बस्नेलाई बिरामले च्यापेको थियो । आफ्नो समस्या रिकेशले ट्राफिकलाई सुनाए । तर ट्राफिकले एकोहोरो ब्लु बुकमात्र मागिरहे । रिकेशले आफूले गरेको गल्ती पनि सोधिरहे । ट्राफिक प्रहरीले “भीआइपी सवारीमा बाधा पुर्याएको” भन्दै चिट काटे । तर प्रत्यक्षदर्शीको अनुसार रिकेशको गल्ती नभएको दाबी गरेका छन् । उनीहरू भन्छन् “यो ज्यादती हो” ।
पछाडि बसेको बिरामीलाई समयमा अस्पताल पुर्याउनको लागि रिकेशले निरीह भएर आफ्नो साधनको ब्लुबुक ट्राफिकलाई बुझाएर हिँड्न बाध्य भए ।
त्यसो त बालुवाटार क्षेत्र यसै पनि व्यस्त सडक हो । यहाँ दिनहुँ सर्वसाधारण ट्राफिकको कारबाहीमा पर्छन् । सामान्यभन्दा सामान्य गल्ती गर्दा पनि ट्राफिक प्रहरी चिट काट्नै हतारमा देखिन्छन् । सरसर्ती हेर्दा राज्यले आमा जनतालाई दिएको दुःख प्रस्टसँग देखिन्छ ।
अनलाइनपानाले यही विषयमा महाराजगञ्ज ट्राफिक इन्र्चाज भूपेन्द्र मल्ललाई यो विषयमा प्रश्न गर्दा उनले “भिआइपी सवारीमा बाधा पुर्याएर चिट काट्नु सामान्य हो” भन्ने कुरामा तर्क दिए ।
यता रिकेश भने आफूले गल्ती नगरेको कुरामा ढुक्क छन् । उनले ट्राफिक प्रहरीसँग सीसीटिभीको फुटेज माग गरिरहेका छन् ।
















प्रतिक्रिया