Logo

विचार / ब्लग

आमाको छाया बनेकी मेरी सानिमा



जिन्दगीमा धेरै दुःखकष्ट सहेर यो संसार देखाउने भगवान हुन् मेरी सानिमा । आफू भोकै बसेर मलाई पेटभरी खाना खुवाएर पेट भराउने अन्नदाता हुन् मेरी सानिमा । आफू रोएर भए पनि मलाई हँसाउने हाँस्य कलाकार हुन् मेरी सानिमा ।

दुःख–सुखमा साथ दिने, हाम्रो खुसीमा आफैँ खुसी हुने, बोल्न, अरूको आदर गर्न, अनुशासनमा रहन, सही बाटोमा हिँड्न हरपल साथ दिइरहने सानिमालाई मैले औधी सम्झेको छु । स्वार्थी हुनु हुँदैन भनेर सिकाउने असल आचरणकी नारी हुन् मेरो सानिमा ।

हर क्षण दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सिकाउने मनकारी भावना भएकी नारी हुन् उनी । सानिमाले आफ्नो कोखबाट जन्म नदिए पनि आमाको माया कहिल्यै कमि हुन दिनु भएन, सदै आफ्नै कोखबाट जन्म दिए जस्तो माया गर्नु भयो, सन्तानलाई आफूभन्दा पनि बढी माया गर्नुहुन्छ । आमा हरेक सन्तानको पहिलो शिक्षक र मित्र हुन ्। उनले आफ्नो सन्तानलाई आफूभन्दा माथि राखेकी हुन्छन् ।

सन्तानको जिन्दगीको हरेक कदममा मामुले साथ दिएकी हुन्छिन् । हरेक मानवको जीवनको सफलतामा आमाको निकै महत्वपूर्ण स्थान हुन्छ । जन्मदिने होस वा कर्म दिने होस आफुलाई संसार देखाउने मामुलाई कहिल्यै पनि किन्न सकिदैन ।

आमा बिना यो संसार अधूरो हुन्छ । जसरी आमाले आफ्नो सन्तानलाई हरेक हालतमा खुसी र माया दिएकी हुन्छिन्, त्यसैगरी हामीले पनि मामुको मर्म बुझी सधैँ खुसी र माया दिन सक्नुपर्छ । हरेक कदममा हामीले उनको साथ दिइरहनुपर्छ ।

आमाको प्रेम निश्चल छ । आमालाई सम्झना ।

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  १ : ०५ बजे