Logo

गण्डकी प्रदेश

गण्डकीकोे प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ नियुक्त 



मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार प्रधानमनत्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रदेशका प्रमुख धर्मनाथ यादवलाई हटार गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

त्यसै गरी केपी ओली सरकारले हटाएका अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुखमा सिफारिस गरेको छ । संविधान अनुसार एकै प्रदेशमा एकचोटि भन्दा बढी प्रदेश प्रमुख बन्न नपाइने भएकाले शेरचनलाई गण्डकी नपठाएर लुम्बिनी पठाइएको हो ।

संविधानले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको अधिकार राष्ट्रपतिलाई दिएको छ । 

 

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ६ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।