Logo

गण्डकी प्रदेश

जसपाका ३ जना सांसद फेरि ‘आउट’



जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका ३ जना सांसदलाई पार्टीबाट हटाएको छ । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारवाही गरेर हटाएको हो ।

पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो । उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि ती सांसदहरुलाई कारबाही गरेको हो ।

लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् ।

 

प्रकाशित मिति : श्रावण ११, २०७८ मंगलबार  ७ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।