Logo

प्रवास

एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्टकहोल्ममा



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने भएको छ । संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा हुन लागेको हो ।

सोहीबेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेला समेत हुनेछ। सम्मेलनमा युरोप क्षेत्रमा रहेका संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी)मा प्रतिनिधिले भाग लिनेछन् ।

यस्तै, अन्य मुलुकहबाट पनि अतिथि प्रतिनिधि सहभागी हुनेछन् । युवा संयोजक काफ्लेका अनुसार सम्मेलनलाई सफल बनाउन आयोजक समिति बनाइएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।