Logo

नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्स र पोर्चुगल बराबरी खेले



नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्स र पोर्चुगल बराबरी खेलेका छन् । आइतबार राति भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीबाट गोल हुन नसक्दा १-१ अंक बाँड्न बाध्य भए ।

पोर्चुगल र फ्रान्स चार वर्षपछि पहिलोपटक भिडेकाे हाे । यी दई टोली सन् २०१६ मा युरो कपको फाइनलमा भिडेका थिए । त्यसबेला पोर्चुगलले फ्रान्सलाई उसकै घरमा ०-१ ले हराएर उपाधि जितेको थियाे । त्यसपछि यी दुई टोली ठीक ४ वर्षपछि फ्रान्सकै घर र सोही रंगशालामा भिडेका हुन् ।

दुवै टोलीले गाेल गर्ने केही अवसर बनाए पनि गाेल गर्न भने सकेनन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको खेलको ३३औं मिनेट र अन्तिम समयमा गरेकाे प्रहार विफल भएको थियो ।

यता, फ्रान्सका लागि घरेलु मैदानमा केलियन एमबाप्पे र ओलिभर जिरुडले पटक–पटक गोलका अवसर गुमाए भने पाउल पोग्बाका दुई प्रहार पोर्चुगिज गोलकिपरले विफल तुल्याइदिए । एन्टोनी ग्रीजम्यान पनि दुई अवसरमा चुकेका थिए ।

आफ्नो घरमा फ्रान्सले कूल १० पटक आक्रमण गर्दा पोर्चुगलले पनि १० पटक नै आक्रमण गरेको थियो । फ्रान्सले पोर्चुगलको पोस्टमा ३ पटक सही दिशामा प्रहार गर्दा पोर्चुगलले पनि फ्रान्सको पोस्टमा ३ पटक नै सही दिशामा हानेको थियो ।

पोर्चुगलको पक्षमा कूल ५१ प्रतिशत बल रहँदा फ्रान्सको पक्षमा ४९ प्रतिशत रह्यो । फ्रान्सले खेलभरिमा कूल ५७२ सफल पास खेल्यो भने पोर्चुगलले फ्रान्सको भन्दा बढी ५८३ सफल पास खेल्यो ।

त्यसैगरी, पास एक्युरिसी पनि फ्रान्सको भन्दा पोर्चुगलकै बेस्ट थियो । फ्रान्सको भन्दा ज्यादा आक्रामक खेल खेलेको पोर्चुगलले कूल ४ पटक कर्नर प्रहार गर्दा फ्रान्सले मात्रै एकपटक कर्नर प्रहार गरेको थियो ।

अब यो बराबरीपछि दुवै टोलीले १-१ अंक बाँड्दा पोर्चुगल अझै पनि ३ खेलबाट ७ अंक बनाएर आफ्नो समूहको शीर्ष स्थानमा यथावत छ । समान ३ खेलबाट ७ अंक नै बनाएको फ्रान्स दोस्रो स्थानमा छ । ३ अंक भएको क्रोएसिया तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ०८ बजे