Logo

अर्थ

नेपाल इन्स्योरेन्सको साढे २१ लाख सेयर बिक्री आजबाट



काठमाडौं । आजबाट नेपाल इन्स्योरेन्स कम्पनीको साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा आएको छ । कम्पनीको संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा आएको हो ।

लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौ नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखाहरू बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १२:०४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।