नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गर्न बोर्ड कर्मचारी युनियनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आज आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानालाई तत्काल निलम्बन गरि कारवाहि गर्न माग गरेको हो ।
नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाले लिएको सार्वजनिक भएपछि ढुंगाना विवादमा मुछिएका छन् । आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको छ ।
युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरब विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७९७०, १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अबिलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न युनियन जोडदार माग गर्दछ ।’






















प्रतिक्रिया