Logo

गण्डकी प्रदेश

पदमुक्त तीन मन्त्री दोश्रो पटक सर्वोच्चमा, सांसद पुनर्वहालीको माग



लुम्बिनी प्रदेशका बहालवाला ३ मन्त्री जनता समाजवादी पार्टी (जसपा)ले आफूहरुलाई कारवाही गरेर अन्याय गरेको भन्दै सर्वोच्च अदालत पुगेका छन् । अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकता पाएपछि प्रदेश सरकारको पक्षमा रहेका तीन मन्त्रीहरुलाई सांसदबाट हटाएपछि पुनर्वहालीको माग सहित दोश्रो पटक सर्वोच्च अदालत पुगेका हुन् । 

पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरेका मन्त्रीहरु विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेले दोश्रो पटक रिट निवेदन लिएर सर्वोच्चमा गएका छन् । जसपाले सांसद पदबाट मुक्त रहेको जानकारी गराएपछि लुम्बिनी प्रदेशसभाले उनीहरूलाई शनिबारै पदमुक्त गरेको थियो ।

मन्त्रीहरूले सर्वोच्च अदालतमा यसअघिको अन्तरिम आदेश प्राप्त रिटको विचाराधीन अवस्थामा रहेका बेला फेरी पार्टीले कारवाही गरेको भन्दै जनता समाजवादी पार्टीले गरेको कारवाही बदर गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १७:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।