Logo

गण्डकी प्रदेश

मुख्यमन्त्री पोखरेलको कार्यालयमा ‘बन्धक’ महिला सांसद मुक्त, वली माओवादीमै जाँदा एमालेमा तरंग



तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनाव चिन्ह लिएर दाङको क्षेत्र नं. ३ (ख)बाट प्रदेशसमभामा विजयी भएकी सांसद विमलाकुमारी वली नेकपा माओवादीमै रहेको पुष्टि भएको छ । प्रदेशमा सरकार गठनको अंकगणित गणना सुरु भएको बेला केही दिन अगाडि वली सम्पर्कवीहिन भएकी थिईन् । 

सांसद वली पार्टीको सम्पर्कमा नआएपछि माओवादीले उनलाई एमालेले अपहरण गरेको आरोप लगाएको थियो । पछि उनी प्रहरीको सम्पर्कमा आएको बताइएको थियो भने प्रदेशको विपक्षी गठबन्धनले प्रदेशप्रमुख अमिक शेरचनसमक्ष सरकार गठानको लागि समावेदन गर्दा उनको हस्ताक्षर संलग्न नभएको बताइएको थियो । 

सोही दिन वलीको नाम र हस्ताक्षरमा आफू एमालेमै फर्किएको भन्दै विज्ञप्ति सार्वजनिक भएको थियो । तर उक्त विज्ञप्ति वलीले नभई अरु कसैले निकालेको बताइएको छ । बुधबार प्रदेश संसदीय दलको बैठकमा वली उपस्थित भएकी छिन् । पार्टीको संसदीय दलको बैठकमा उपस्थित भएपछि वलीले आफूलाई मुख्यमन्त्री कार्यालयमा राखिएको बताएकी छिन् । निकै नै तनाव र हतासमा रहेकी वली बैठकमा डाको छोडेर रोएको बताइएको छ ।

आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ ९ख० मा  भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।
वलीले पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउने बताएकी छिन् । 

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  २ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।