Logo

प्रमुख समाचार

कोप्रे छहरा भनी चिनिने कोप्रे झरना कहाँ रहेको छ ?(अङ्क–८७)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।

१. सन् २०२२ मा सम्पन्न साफ यू–२० फुटबल च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र कुन हो ?

क) नेपाल ख) भूटान
ग) भारत घ) पाकिस्तान

२.आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नेपालमा फूल फुल्ने वनस्पतिको सङ्ख्या कति रहेको छ ?

क)३४५७ ख)१९०८
ग)३३२१ घ)५३०९

३.मन्त्रिपरिषद्ले सुशासन आयोग गठन गर्ने निर्णय कहिले गरेको हो ?

क)वि.सं. २०७९ असार ३१ ख) वि.सं. २०५९ भदौ १

ग) वि.सं. २०७५ माघ १३ घ) वि.सं. २०६९ असार १

४. नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

क) वि.सं. २००४ ख) वि.सं. १९४६
ग) वि.सं. १९७६ घ) वि.सं. २०११

५.कोप्रे छहरा भनी चिनिने कोप्रे झरना कहाँ रहेको छ ?
क) म्याग्दी ख) तेह्रथुम
ग) बाग्लुङ घ) रसुवा

६. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

क) चार भागमा ख) एक भागमा
ग) तीन भागमा घ) छ भागमा

७. नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ को) कसलाई प्रदान गरियो ?
क) मोहन निरौला ख) अच्यूत कोइराला
ग) डा.नवराज लम्साल घ) दुर्गा श्रेष्ठ

८.सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल दोस्रो नेपाली अभिनेत्री को हुन् ?
क) निसा अधिकारी ख) जल शाह
ग) दिया पुन घ) केकी अधिकारी

९.रेडियो नेपालले कहिलेदेखि बालसमाचार सुरु गरको हो ?
क) वि.सं. २०६९ ख) वि.सं. २०६३
ग) वि.सं.२०५३ घ)वि.सं. २०६४

१०. जैविक विविधता दिवस कहिले मनाइन्छ?
क) जुन १२ ख)मे २२
ग) मार्च २४ घ)जुन १४

११. विश्वको सबैभन्दा पुरानो खेल कुन हो ?
क) फुटबल ख) क्रिकेट
ग) हक्की घ) पोलो

१२. अविरल वग्दछ ईन्द्रावती उपन्यासका लेखक को हुन ?
क) रमेश विकल ख) सरुभक्त
ग) इन्द्रबहादुर राई घ)लैनसिङ बाङ्देल

१३. नेपालमा स्थापना भएको कारखाना कुन हो ?
क) जनकपुर चुरोट ख) बिराटनगर जुट मिल
घ)हेटौँडा सिमेन्ट घ) गोरखकाली टायर

१४. नेपालमा व्यवसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?

क) प्रताप मल्ल ख) राजा त्रिभुवन
ग)जयस्थिति मल्ल घ) राजा महेन्द्र

१५.नेपालमा सबैभन्दा धेरै कर्मचारी रहेको संस्था कुन हो ?
क) नेपाल विद्युत प्राधिकरण ख) नेपाल टेलिकम
ग) नेपाल खाद्य संस्थान घ) माथिका कुनै पनि होइन

Answer key

१.ग २.घ ३.क ४.ख ५.क
६.ग ७.क ८.ग ९.घ १०.ख
११.घ १२. क१३. ख १४. ग १५. क

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०५:३०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।