Logo

राजनीति

जनप्रतिनिधिले नीति निर्माण मात्र होइन, श्रम नै गर्नुपर्छ भन्ने उदाहरण हुन् बालेन र हर्क



काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्चालमा सर्वत्र छाएका छन् । यी दुईले कार्यलयको कुर्सीमा बसेर मात्रै होइन, कार्यलयबाट बाहिर निस्किएर काम गर्न गर्न थालेका छन् । यसरी फिल्डमा स्वयम् उत्रिएर काम गर्नुले जनप्रतिनिधिले भाषण गर्ने र नीति निर्माण मात्रै गर्ने हो भन्ने सोचलाई चिरिदिएको छ ।

काठमाडौंका प्रमुख बालेन साहले नक्सा पास नगरी अनधिकृत रुपमा बनेका संरचना हटाउन आफै लागिपरेका छन् । निर्देशन मात्रै दिएको भए त्यो काम सफल हुने/नहुने अनिश्चित थियो । तर उनले आफै दलबलसहित सडकमा गएर अनधिकृत रुपमा बनेका सबै संरचनाहरु हटाए । काठमाडौं महानगरको फोहोर समयमै व्यवस्थापन गर्न नसकेर आलोचना खेपिरहेका प्रमुख साहले यो कामबाट भने चौतर्फी रुपमा पशंसा बटुलेका छन् । उनको यो कदमलाई राजनीतिक दलका कति नेताहरुले समर्थन गरेका छन् भने कतिले भने आलोचना गरेका छन् । तर समग्रमा बालेनको यो कदमले प्रशंसा नै बटुलेको छ ।

सार्वजनिक जग्गामा वर्षौंदेखि संरचना निर्माण गरेर राजनीतिक शक्तिको छहारीमा बसिरहेकाहरुलाई बालेनले एक झड्कामा सखाप पारेका छन् । ठूला दलहरुकै साथ सहयोगमा देशका सार्वजनिक सम्पत्तिमाथि वषैंदेखी विभिन्न व्यक्तिहरुले डेरा जमाइरहेका छन् । बालेनलाई यस्ता काम गर्न राजनीतिक दलहरुले अवरोध गर्न खोजेपनि नागरिक स्तरबाट उनलाई साथ मिलेको छ । अर्को महत्वपूर्ण कुरा त छ भने उनी स्वतन्त्र निर्वाचति भएका मेयर भएकै कारण पनि उनले यसका लागि पार्टीको कुरा सुन्न परेन । कर्मचारी तन्त्रदेखि हरेक क्षेत्रमा राजनीति हाबी हुने हाम्रो समाजमा स्वतन्त्रबाट जनप्रतिनिधि बनेकाहरुलाई काम गर्न जनताको साथ आवश्यक पर्छ । यस्तो अवस्थामा कुनै राजनीतिक दल र नेताको उक्साहटमा नआएर सत्यको साथ दिएमा यस्ता कार्यहरु सफल हुने नै छन् ।

कुर्सी र सभा—समारोहमा मात्रै सीमित नभई फिल्डमै पुग्ने अर्का जनप्रतिनिधि हुन धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ । उनी निर्वाचन जित्नसाथ श्रमदान अभियान मार्फत धरानमा खानेपानीको योजना र वृक्षारोपण कार्यक्रममा सरिक भइरहन्छन् । नेताले काम गर्न हुँदैन, बोल्ने र नीति नियम बनाउने मात्रै हो भन्ने सोचका विरुद्ध हर्क अहिले दरिलो जवाफ बनेका छन् । उनले धरानमा भ्रमण गर्न पुग्ने सबैलाई श्रमदान गर्न लगाउने भन्दै आएका छन् । प्रमुख साम्पाङले प्रधान्मन्त्री, मन्त्री तथा विभिन्न दलका नेताहरु र विशिष्ट व्यक्तित्वहरुलाई ढुङ्गा बोक्न आउन निम्ता दिने गरेका छन् ।

उनकै निम्तो स्वीकार्दै पूर्वप्रधान्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालद प्रचण्ड पुगेर हर्कको वृक्षरोपन कार्यक्रममा सरिक भए । त्यसअघि माओवादी केन्द्रकै पोलिटव्यूरो सदस्य तथा भोजुरबाट निर्वाचित सांसद सुदन किराँती पनि वृक्षरोपन कार्यक्रममा सहभागी हुन धरान पुगेका थिए । यसैगरी उनले गरेका कामको प्रशंसा गर्दै विभिन्न नागरिक अगुवा, कालाकार तथा सरोकारवाला धेरै जना हर्क साम्पाङको श्रमदान तथा वृक्षरोपन अभियानका सहभागी हुन पुगे ।

फिल्डमै गएर जनप्रतिनिधिले काम गर्दा जनता पनि उत्साहित भएर काममा लागेका छन् । वर्षौंसम्म ठेक्का प्रक्रियामा अल्झिरहेने योजनहरु तोकिएको भन्दा कम समयमै सकिएको छ । यसरी कुर्सीको काम भन्दा फिल्डको काममा धेरै चासो दिएका हर्क पाँच वर्षे कार्यकालको सुरुवाती चरणमै चर्चाको शिखरमा छन् । हर्कका यी समग्र गतिविधिबाट प्रथमतः जनप्रतिनिधिले नीति निर्माण मात्र गर्ने नभई काम गर्न स्वयम् फिल्डमा उत्रनुपर्छ भन्ने सोचलाई चिरिदिएको छ भने अर्को श्रम गर्ने तिथिको विकास गरे । मेयर हर्कले देखाएका गतिविधि र काम गर्ने शैलीको प्रशंसा धेरै भएपनि उनका आलोचना गर्नेहरुको पनि कमि छैनन् । आफ्नो जिम्मेवारी र मर्यादा थाहा नभएको भनेर टिपणीहरु पनि निरन्तर आइरहेकै छन् ।

त्यसो त काठमाडौंका प्रमुख बालेनले पनि सुरुवाती चरणबाटै आलोचनाहरु नखेपेका होइनन् । पछिल्लो समय नक्सा पास नगरी बनेका अनधिकृत संरचनाहरु भत्काउदा, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुको घर पनि भत्काउँछ’ भन्ने जस्तो आलोचनाको भेल नै आयो । आफूले विधिको शासनमा टेकेर महानगरमा अनधिकृत रुपमा बनेका संरचना हटाएको उनी बताउँछन् ।

बालेनको यो कदमप्रति आक्रोशित हुँदै नेकपा एमालेका नेता महेश बस्नेतले धम्कि नै दिन भ्याए । बानेश्वरमा रहेको अल्फाविटा कम्प्लेक्समा बालेनले डोजर चलाएपछि बस्नेत आक्रोशित भएर कुनै संरचना नभत्काउन चेतावनी दिए । पुर्वमन्त्री समेत रहेका बस्नेतले बालेनको काम सन्की र लहरी आतङ्क भनेका छन् । यस्तो कार्य रोक्न आफूहरु बाध्य हुने उनले बताएका छन् । सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म नै बालने र बस्नेतबीच सवाल जवाफ भयो ।

त्यस्तै नेपाली कांगे्रसका नेता मिन विश्वकर्माले बालेनको यो गतिविधि विधिसंगत नभएको बताएका छन् । बालेनको यो क्रियाकलाप अराजक भएको उनले बताए । सत्तामा लामो समयदेखि राज गर्दै आएका राजनीतिक दलहरुका नेता कार्यकर्ताले यस्तो कदम कहिल्यै उठाएनन् । कारणः उनीहले चाहँदैनथे, चाहेपनि उनीहरुलाई दलीय बन्धनले बाँध्थ्यो ।

प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार  १ : ४९ बजे