काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सहजता देखिन थालेका छन् । मंसिरयता अर्थतन्त्रमा सहजा देखिए पनि जोखिम भने कायमै रहेको उनले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले जोखिम भने कायमै रहेको भन्दै राष्ट्र बैङ्कले सजगता नहटाएको बताए । उनले सोही अनुसार आयातमा केही वस्तुको कडाइ कायम रहेको उललेख गरे । बाह्य क्षेत्रमा जोखिम कम नभएको भन्दै उनले अवस्था सामान्य बनेसँगै आयात पूर्णतया खुला हुने बताए ।
पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको उनले उल्लेख गरे । नेपालमा समेत मूल्यको दबाब तथावत रहेको उनको भनाइ छ । अधिकारीले तरलताको कुरा कहिले हट्ला भन्ने प्रश्न सोधिने गरेको भन्दै यो बाह्य क्षेत्रका कारण उत्पन्न समस्या भएको बताए ।




















प्रतिक्रिया