Logo

अर्थ

सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको १३ हजार ७१५ कित्ता संस्थापक सेयर किन्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।
 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १२:५०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।