Logo

अर्थ

लुम्बिनी जनरल इन्स्युरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा



काठमाडौं । लुम्बिनी जनरल इन्स्युरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 

लुम्बिनी जनरलको २९ असारमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ११:३७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।