Logo

गण्डकी प्रदेश

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, प्रदेशसभा बैठक बहिस्कार



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । विपक्षीको समावेदन बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेको र उक्त अधिवेशनमा अफू विरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले राजीनामा दिएका हुन् । 

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका लागि बनेको गठबनधनबाट पोखरेल दाङको क्षेत्र नं. २ (१) बाट निर्वाचित पोखरेल २०७४ फागुन ३ गते प्रदेशको मुख्यमनत्री निर्वाचित भएका थिए । 

प्रदेशसभा बैठक सुरु, सत्तापक्षको बहिस्कार

प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै सत्तापक्षले प्रदेशसभाको बैठक पनि बहिस्कार गरेको छ । पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्न आव्हान गरिएको बैठक सत्ता पक्षले बहिस्कार गरेको हो । 

हाल बसिरहेको प्रदेशसभा बैठकमा सत्ता पक्षका कुनै पनि सांसद उपस्थित नभएको बताइएको छ । विपक्षी गठबनधनका सांसदहरुले भने पोखरेलले राजीनामा दिएर बचेखुचेको इज्जत जोगाएको प्रतिक्रिया दिएको छ । उनै विरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएकोले प्रदेशसभा बैठकमा उक्त पक्ष उपस्थित नहुनु नौलो कुरा नभएको प्रतिक्रिया समेत विपक्षी गठबन्धनको छ । 

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १४:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।