Logo

गण्डकी प्रदेश

लुम्बिनीमा माओवादी पछि काँग्रेसले सरकारको नेतृत्व गर्ने



लुम्बिनी प्रदेशमा नेकपान एमाले नेतृत्वको सरकार ढलेसँगै नेकपा माओवादीको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि माओवादी नेता कुलप्रसाद के.सी.को नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो । 

गठबन्धनको तर्फबाट आधा समय माओवादीका के.सी. र आधा समय नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको छ । १६ महिना कार्यकाल रहेको सरकारमा के.सी र कर्नाडियाले ८–८ महिना सरकारको नेतृत्व गर्ने भएका छन् । 

मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो आन्तरिक सहमति गरेपनि समाचार भने बुधबार मात्र बाहिरिएको हो । माओवादी र कांग्रेसले लुम्बिनीको शक्ति सन्तुलन मिलाउन यस्तो सहमति गरेको जनाएका छन् । हाल लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा माओवादीका अमिक शेरचन र सभामुखमा पुर्णबहादुर घर्ती छन् भने मुख्यमन्त्री समेत माओवादीबाटै बनेपछि मुख्य पदहरु सबै उसले सम्हाल्ने भएको छ ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ४ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।