Logo

गण्डकी प्रदेश

लुम्बिनीमा नयाँ सरकार बनाउन २२ घण्टाको समय



लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन २२ घण्टाको समय तोकिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा रहेका दलहरुलाई बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्दै २२ घण्टाको समय दिएका हुन् । 

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो ।

तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयको पत्र :

lumbini-2.jpg

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ५ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।