Logo

गण्डकी प्रदेश

पाँच महिनाको प्रयासपछि मुख्यमन्त्री भए के.सी.



लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद के.सी. नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट बहुमत सांसदको हस्ताक्षर सहित निर्विरोध उम्मेद्वार रहेका के.सी.लाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

नेकपा एमालेको नेतृत्वमा प्रदेशमा सरकार बनेको बेला के.सी. आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीमा थिए । गत बैशाखमै विपक्ष गठबन्धनले केसीलाई मुख्यमन्त्रीमा प्रस्तावित गर्दै शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । तर पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि राजीनामा दिएर केही घण्टामै पुनः मुख्यमन्त्रीको सपथ लिएका कारण केसीले मुख्यमन्त्री बन्न थप ५ महिना कुर्नु परेको थियो । 

माओवादीमा सोनाम उपनामले चिनिने के.सी. को जन्म रोल्पा जिल्लाको जिवाङमा २०२७ माघ १० गते जन्मिएका हुन् । २०४३ सालमा कक्षा ७ मा पढ्दादेखि नै मसालको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्याता लिएका उनी माओवादीले जनयुद्ध सुरु गर्दादेखि नै पार्टीमा क्रियाशिल रहेर युद्धमा होमिएका नेता हुन् । 

२०४८ सालबाट स्थानीय विद्यालयमा प्रामिक तहको शिक्षण पेशा सुरु गरेका के.सी. २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिाजा प्रसाद कोइरालालाई कालो झण्डा देखाउदा जागिरबाट निकालिएका थिए ।  २०५५ सालमा माओवादीको दाङ, प्युठान तथा सल्यानको सेक्रेटरीका रुपमा कुशलताका साथ जिम्मेवारी सम्हालेका उनले २०५७ सालमा भेरी–कर्णली ब्युरो सदस्य हुदै जनसेनाको प्लाटुन कमिसारको समेत जिम्मेवारी सम्हाले । 

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा योङ कम्युनिष्ट लिगको इन्चार्ज समेत बनेका के.सी. २०६९ सालमा माओवादी विभाजन हुदा मोहन वैद्यको समूहमा लागे । पछि राम बहादुर थापाहरु मुल पार्टीमा फर्किदा के.सी. पनि फर्किए । उनी २७४ सालको निर्वाचनमा रोल्पाबाट बिजयी भएका हुन् । के.सी. माओवादी पार्टीभित्र खरो वक्ताको रुपमा चिनिन्छन् । 

 

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।