Logo

राजनीति

आमरण अनसनरत गोरखा सैनिकबारे वार्ता समिति गठनको पहल गर – डा. संगौला



नेपाली कांग्रेसकी नेत्री तथा सांसद डा. डिला संगौला पन्तले लण्डनमा आमरण अनसनरत गोरखा सैनिकबारे वार्ता समिति गठनको पहल गर्न सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार शुन्य समयमा आफ्नो अभिव्यक्ति दिदै सांसद पन्तले उक्त आग्रह गरेकी हुन् । 

सांसद पन्तले गोरखा सैनिकहरुको मागका सम्बन्धमा संबेदनशिल भई ब्रिटिश सरकारसँग कूटनीतिक माध्यमबाट सम्पर्क गरी वार्ता समिति गठन गर्न तथा वार्ताको मिति र स्थान तोक्ने पहल गर्न सरकारलाई आग्रह गरिन् ।

नेपाल तथा ब्रिटेनबीच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ रहेको र त्यो सम्बन्धको जग भनेको गोरखा सैनिकहरु भएको उल्लेख गर्दै पन्तले संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेको प्रति सरकारको ध्यानाकर्षण गराइन् । 
गोरखा सैनिकहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएको भनाई सांसद पन्तको रहेको छ । 

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।