Logo

अर्थ

महानगरविरुद्ध प्रदर्शन गर्दै फुटपाथ व्यवसायी



काठमाडौं । फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गर्ने भएका छन् । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने छन् ।

जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  २ : ५९ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।