Logo

अर्थ

सेवा आय ११ अर्ब ६ करोडले घाटामा 



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा खुद सेवा आय ११ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब १३ करोडले घाटामा रहेको थियो । 

सेवा खाता अन्तर्गत गत साउन महिनामा भ्रमण आय ५६.० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । 

चालु आर्थिक वर्षको साउन महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ८३.८ प्रतिशतले वृद्धि भई १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ७ अर्ब १३ करोड रुपैयाँ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ५ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।