Logo

अजय ,साहरुखदेखि सलमानसम्मले भारतीय मिडियाविरुद्ध मुद्धा हाले



बलिउडकर्मी तथा बलिउडका ठूला चलचित्र कम्पनीहरु भारतीय मिडिया बिरुद्ध उत्रिएका छन् । बलिउड अभिनेता सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन लगायत ३८ फिल्म कम्पनीहरुका संचालकहरु बिशेषगरी निजी संचारमाध्यमका बिरुद्ध उत्रिएका हुन् ।

उनीहरुले बलिउड उद्योगमा आँच पुग्ने सामग्री प्रकाशन तथा प्रशारण गरेको भन्दै उच्च अदालतमा भारतीय मिडिया बिरुद्ध मुद्दासमेत दायर गरेका छन् । बिशेषत भारतका मिडियाहरुले गैरजिम्मेवार, अपमानजनक तरिकाले फिल्मी क्षेत्रका समाचारहरु प्रकाशन तथा प्रशारण गरेको उनीहरुको आरोप छ ।

मुद्धाको रिटमा बलिउडकमीहरुले रिपब्लिक टीभीका अर्नब गोश्वामी, राहुल शिवशंकर, नविका कुमार र प्रदिप भण्डारीलाई विपक्षी बनाएका छन् । त्यस्तै रिटमा यसअघि प्रकाशन तथा प्रशारण भएका समाचार सामग्रीहरुमा आपत्तीजनक, अश्लिल र अपमानजनक भाषाहरु तत्काल हाउनपनि माग गरिएको छ । प्रकाशित समाचारहरुमा तथ्यता र सत्यताको आधार विन व्याक्तिगत भावनाका कुरा समेटेको भन्दै बलिउडकर्मीहरुले आपत्ती जनाएका छन ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  ९ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।