Logo

अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य



काठमाडौं । भारतबाट पेट्रोलिय पदार्थका मूल्य फेरि घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ। पेट्रोलमा मूल्य घटेसँगै निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ। शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो ।

डिजेलमा भने प्रतिलिटर ४४ पैसामा मात्र घटेर आएको छ। नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजलमा प्रतिलिटर करिब ६ रुपैयाँ घाटा रहने बताइएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  २ : १२ बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।