Logo

इन्स्योरेन्स

प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भयो बीमा विद्येयक



काठमाडौं । प्रतिनिधिसभाबाट बीमा बिद्येयक २०७५ बहुमतका साथ पारित भएको छ । २०७९ भदौ ३१ गते बसेको प्रतिनिधिसभाको बैंठकले उक्त बीमा विद्येयक पारित गरेको हो ।

बीमा विद्येयक २०७५ राष्ट्रिय सभाबाट संसोधनका लागि भएका सुझावका विषयमा छलफल गर्न प्रतिनिधिसभामा पेश गरिएको थियो ।

राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त हुन आएको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बीमा विधेक राष्ट्रिय सभाबाट संसोधन भएको प्रस्तावलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय सभाबाट भएको संसोधन प्रतिनिधिसभाबाट बहुमतिले स्वीकृत भई प्रतिनिधिसभामा पेश भएको विद्येयक बहुमतका साथ पारित भएको हो ।

प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार  २ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।