Logo

प्रदेश न. १

मोरङमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु



कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

उनको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा असोज २४ गते अस्पताल ल्याइएको थियो । त्यहि दिन पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ । मृतकको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  १२ : ४४ बजे