काठमाडौं । बजार भाउभन्दा सहुलियत पसलमा मंहगो भएको गुनासो पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार नयाँ मूल्य मंगलबारदेखी नै लागू भइसकेको छ ।
अब सर्वसाधरणले सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५, तोरीको तेल २ सय ७५ र भटमासको तेल २ सय ४० रुपैयाँमा खरिद गर्न सक्छन् । खाद्यले सिजी कम्प
नीको तेल बिक्री गर्दै आएको छ । उक्त तेल साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरेर बिक्री गरिएको थापाले बताए ।उनले ब्रान्ड अनुसार पनि बजार मूल्य फरक भएको दाबी गरे । यद्यपी, पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ । सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो ।




















प्रतिक्रिया