Logo

अर्थ

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण



कामठमाडौं । एसियाली विकास बैंक (एडीबी) एडीबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२२ मा सन् २०२३ मा नेपालको अर्थतन्त्र अझ खस्किने उल्लेख छ ।

सार्वजनिक प्रतिवदेनमा सन् २०२४ मा नेपालको वैदेशिक मुद्राको संचितिमा अझ गिरावट आउने र मुद्रास्फितीमा थप दबाब पर्नेसमेत जनाइएको छ । प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले कोभिड १९ महामारीपछिको लकडाउन, डेंगु ज्वरोको प्रकोप लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको बताए ।

एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ३ : १२ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।