Logo

अर्थ

बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बाजरमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  १२ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।