काठमाडौं । सिटीजन्स बैंक गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयर धनीहरुका लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आज (बिहीबार) बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ ।
बैंकले गत आवको वितरण योग्य मुनाफाबाट गत असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ९ प्रतिशतले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने भएको हो ।
प्रतिक्रिया