Logo

प्रमुख समाचार

रेल चढ्न जनकपुर पुगेका ओलीलाई देखाइयो कालो झण्डा



जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै ओलीलाई कालो झण्डा देखाइएको हो ।

जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले ओलीलाई कालो झण्डा देखाएका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौंले नागरिक गैर नागरिक बन्नु पर्ने भन्दै जसपाका कार्यकर्ताहरुले भानु चोकमा नाराबाजी गरेका हुन् ।

ओली आज रेलयात्राका लागि जनकपुर पुगेका हुन् । जनकपुरदेखि महिनापुरसम्म रेल चढेर उनी पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १२:२७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।