Logo

अर्थ

साउन र भदौमा २ खर्ब ४४ अर्ब रुपैयाँ व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार र घाटा दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन र भदौमा तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएकोमा व्यापार घाटा दुई खर्ब  ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको पहिलो दुई महिनाको तुलनामा ९ दशमलव ४५ प्रतिशतले कम हो । 

साउन र भदौमा नेपालमा दुई खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । आयात १३ दशमलव शून्य एक र निर्यात ३४ दशमलव ८८ प्रतिशतले घटेको छ । दुई महिनामा सात अर्ब ५८ करोड रुपैयाँको खाद्यान्न, तीन अर्ब ४३ करोड रुपैयाँको फलफूल, पाँच अर्ब ६ करोड रुपैयाँको तरकारी आयात भएको छ । 

यस्तै १९ अर्ब आठ करोड रुपैयाँको घिउ तेल, ५० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ र खनिज पदार्थ, दुई अर्ब ४३ करोड रुपैयाँको फलाम, एक अर्ब आठ करोड रुपैयाँका गाडीलगायतका वस्तु भित्रिएका छन् । नेपालबाट एक अर्ब ८१ करोड रुपैयाँको चिया कफी, सात अर्ब ७९ करोड रुपैयाँको घिउ तेल र छुर्पी, एक अर्ब १२ करोड रुपैयाँको स्थानीय कपडालगायतका वस्तु निर्यात भएका छन् ।

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  २ : ३२ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।