Logo

अर्थ

दैनिक नयाँ रेकर्ड बनाउँदै डलरको मूल्य, आज पनि नयाँ उचाइमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ । नेपालमा अमेरिकी डलरको मूल्य आज इतिहासकै सबैभन्दा बढी हो ।

आज युरो एकको नेपाली खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा, पाउण्ड स्ट्रलिङ एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा, स्वीस फ्रेंक एकको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार ०९:४०   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।